विप्लव माओवादीद्वारा डिसहोम स्टेशनमा आगजनी - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
विप्लव माओवादीद्वारा डिसहोम स्टेशनमा आगजनी

विप्लव माओवादीद्वारा डिसहोम स्टेशनमा आगजनी

SHYANE समाचार
Short Description:

Product Description

पुस १ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ललितपुरको भैंसेपाटीस्थित टेलिभिजन प्रशारक संस्था डिस होमको अर्थ स्टेसनमा पेट्रोल छर्किएर आगजनी गरेका छन् ।
पाँच जनाको समूहमा आएका माओवादीका कार्यकर्ताले बुधबार बिहान अर्थ स्टेसनमा पेट्रोल छर्किएर आगजनी गरेका हुन् ।
justify;">आगजनीबाट डिस होमको अर्थ स्टेसनमा क्षति पुगेको छ भने प्रसारण अबरुद्ध भएको छ । मास्क लगाएर मोटरसाइकलमा आएका माओवादी कार्यकर्ताले स्टेसनको सुरक्षार्थ खटिएकाहरुलाई लछारपछार गर्दै भित्र छिरेर जर्किनमा ल्याएको पेट्रोल छर्किएर अर्थ स्टेसनमा आगजनी गरेका थिए ।
आगजनीबाट दुई करोड रुपैयाँ बराबरको क्षति भएको र पाँच लाख ग्राहक प्रभावित भएको डिस होमले जनाएको छ ।
भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न पटकपटक गरिएको आग्रह बेवास्ता गरेकाले चेतावनी स्वरुप आक्रमण गरिएको नेकपा माओवादीले जनाएको छ ।
भारतले लगाएको अघोषित नाकाबन्दीसँगै चन्द नेतृत्वको नेकपा माओवादीले हिन्दी च्यानल प्रसारण बन्द गर्दै दबाब दिँदै आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


from SHYANE http://ift.tt/1Jb3pR0
via समाचार

0 Reviews:

Post Your Review