धमाधम बन्द हुँदै धनकुटाका उद्योग - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
धमाधम बन्द हुँदै धनकुटाका उद्योग

धमाधम बन्द हुँदै धनकुटाका उद्योग

SHYANE समाचार
Short Description:

Product Description

२४ मङ्सिर । 
मधेसी मोर्चाको तराईमा जारी आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण धनकुटाका उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । 
आन्दोलन र नाकाबन्दीले पेट्रोलियम पदार्थको अभावले स्थानीय कच्चा सामग्री र भारतबाट ल्याइने कच्चा सामग्री आयात गर्न नसकेका कारण उद्योगहरु बन्द भएका हुन् ।
स्थानीय कच्चा सामग्रीसँगै भारतका विभिन्न ठाउँबाट कच्चा सामग्री आयात गर्दै सिमेन्ट उत्पादन गर्दै आएको धनकुटाको सिधुवामा सञ्चालित निगाले सिमेन्ट उद्योगले करिब एक महिनादेखि उत्पादन बन्द गरेको छ । 
भारतबाट कच्चा सामग्री आयात नहुँदा उत्पादन बन्द भएको उद्योग सञ्चालक दिनेश पौडेलले बताए ।
स्थानीय कच्चा सामग्रीसँगै भारतको झारखण्ड, राजस्थान र भुटानबाट आयात हुने कोइला, लेटराइट, जिमपस, बक्साइट लगायतका सामग्री ल्याउन नपाएपछि उद्योग पूर्णरूपमा बन्द रहेको सञ्चालक पौडेलले बताए । 
तराई आन्दोलनका कारण उद्योगले गत भदौ महिनादेखि नै मागअनुसार उत्पादन गर्न सकेको थिएन भने भारतको अघोषित नाकाबन्दी सुरु भएपछि भारतबाट आउने कच्चा सामग्री आउन ठप्प भएपछि उद्योग पूर्णरूपमा बन्द भएको हो ।
उद्योगले अहिले दैनिक लाखौं रुपैयाँको घाटा बेहोर्नु परेको उद्योग सञ्चालक पौडेलको भनाइ छ ।दैनिक छ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगमा एक सय ५० भन्दा बढी मजदुर कार्यरत थिए । धनकुटाको सिधुवामा उत्पादित सिमेन्टको धनकुटा सहित भोजपुर, तेह्रथुम, संखुवासभा, मोरङ, सुनसरी लगायत पूर्वाञ्चलका विभिन्न जिल्लामा माग हुने गरेको थियो ।यस्तै, कच्चा सामग्री कै अभावमा धनकुटामा सञ्चालनमा रहेका एक दर्जन ढाका कपडा उद्योगले समेत उत्पादन बन्द गर्ने अवस्थामा पुगेका छन् ।्
ढाकाबाट उत्पादन हुने सामग्रीका लागि चाहिने कच्चा सामग्री भारतको कोलकाता र विराटनगर लगायतका स्थानबाट ल्याउने गरिएकोमा ल्याउन नपाएपछि धनकुटामा सञ्चालित ढाका कपडा उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योग सञ्चालकहरुको भनाइ छ ।
भारतीय अघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण धागो लगायतका कच्चा सामग्रीको अभाव भएपछि ढाकाका सामग्रीहरु उत्पादन गर्न नसकिएको धनकुटाको हिलेमा सञ्चालित प्रीति ढाका कपडा उद्योगका सञ्चालक विभिन्द्र विष्टले बताए । 
मागअनुसारका सामग्रीको उत्पादन गर्न नसकिएको र पछिल्लो समयमा कच्चा सामग्री नै ल्याउन नपाएपछि उद्योगले अहिले धेरै घाटा बेहोर्नुपरेको विष्टले बताए । उद्योगमा अहिले ३० जना भन्दा बढी कर्मचारी रहेकोमा उनीहरूलाई तलब दिन समेत समस्या भइरहेको विष्टले बताए ।
यस्तै, धनकुटा(४ देब्रेबासमा सञ्चालन भएको लालिगुराँस ढाका कपडा उद्योगका सञ्चालक योगिता राईका अनुसार ढाकाका सामग्री उत्पादनका लागि चाहिने कच्चा सामग्री धागो नै नआएपछि उद्योगमा कार्यरत कर्मचारीहरु अहिले घर फर्कन थालेका छन् । उद्योगमा काम गर्ने ३० जना कर्मचारी रहेकोमा अहिले कच्चा सामग्री ल्याउन नसकेपछि कर्मचारीहरु खाली बस्नुपर्ने भएपछि घर फर्कनुपर्ने अवस्था आएको राईले बताइन् । 
नाकाबन्दी र तराई बन्दले उद्योग सञ्चालनमा धेरै असर परेको र अब यही अवस्था रहिरहे उद्योग नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने उद्योग सञ्चालक राईको भनाइ छ 
नाकाबन्दी र तराईमा जारी आन्दोलन अघि नै ५ लाख भन्दा बढीको कच्चा सामग्री ल्याएकाले अहिलेसम्म धागोको अभाव भने नभएको धनकुटाको मौनाबुधुक गाविसमा
सञ्चालन भएको राजगंगा ढाका कपडा उद्योगका सञ्चालक राजकुमारी लावतीले बताइन् । 
उनले स्टक धेरै भएकाले अहिले सामग्री उत्पादनमा समस्या नभएको भएपनि यही अवस्था लामो समयसम्म जारी रहे उद्योग सञ्चालनमा समस्या हुने बताइन् । ढाका कपडा उद्योगहरुले ढाकाबाट बनेको विभिन्न सामग्रीहरु उत्पादन गर्दै आएका छन ।
यस्तै, पूर्वाञ्चल कै चर्चित धनकुटे नरिबल बिस्कुट उत्पादन गर्ने उद्योगहरुले ५० प्रतिशत उत्पादन घटाएका छन् । अहिलेको अवस्था लम्बियो भने उद्योग कुन दिन बन्द हुने हो टुंगो नभएको मोहन बिस्कुट उद्योगका सञ्चालक मोहन श्रेष्ठले बताए ।
त्यस्तै, खुकुरी, जुस, बाँसका सामग्री उत्पादन गर्ने उद्योगहरुले समेत उत्पादन बन्द गरेका छन् । धनकुटामा साना ठूला गरि ३ सय उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगहरुमा ५ अर्बभन्दा बढीको लगानी रहेको र एक हजारभन्दा बढी मजदुर कार्यरत रहेको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाका प्रमुख प्रशिक्षक नितेशकुमार यादवले बताए ।


from SHYANE http://ift.tt/1NHpQ5y
via समाचार

0 Reviews:

Post Your Review