अब सुर्य नि नक्कली बन्ने भो - TPTM.COM.NP
SUBTOTAL :

Follow Us

SHYANE समाचार
अब सुर्य नि नक्कली बन्ने भो

अब सुर्य नि नक्कली बन्ने भो

SHYANE समाचार
Short Description:

Product Description

सूर्यको प्रकाश उर्जाको सबैभन्दा ठूलो श्रोत हो । कल्पना गर्नुस् त यदि आकाशमा दुइवटा सूर्य भए भने पृथ्वीमा कति धेरै उर्जा प्राप्त होला ? पृथ्वीमा उर्जासकट बढिरहेको बेलामा साँच्चीकै वरदान सावित हुन्थ्यो होला । सायद यहीँ कुरालाई मध्यनजर गर्दै उर्जा संकट समाधान गर्ने सोँचका साथ जर्मनीले कृत्रिम सूर्य बनाउने प्रयासमा जुटेको छ । अर्थात् सूर्यमा हुनेजस्तै रासायनिक प्रतिक्रियाबाट उर्जा उत्पादनको प्रयास सुरु गरेको छ ।
जर्मनीको परमाणु शोध संयन्त्र भेन्डेलस्टाइन सेभेन एक्समा शोधकर्ताहरु १० करोड डिग्री सेल्सियसको तापमानमा नियन्त्रित परमाणु विस्फोट गर्दैछन्, जुन अहिलेसम्म सम्भव थिएन ।
यसका लागि वैज्ञानिकहरुले पहिले प्लाज्मा नामक पदार्थको सिर्जना गर्नेछन् । एक कन्ट्रोल सेन्टरको निगरानीमा १० मिलिग्राम हिलियम एक भ्याकुम च्याम्बरको चुम्बकीय क्षेत्रमापठाइन्छ । त्यसलाई १० लाख डिग्री सेल्सियस सम्म तताइन्छ ।
संयन्त्रका निर्देशक सिबेले गुन्टरले भनेका छन् की यो परमाणु शोध संयन्त्र कार्वन मुक्त विद्युत उत्पादनका लागि परीक्षणको सुरुवात हो । अहिले पहलिो प्लान्ट हिलियमका प्रयोग गरेर बनाइएको छ । जनवरीमा पहिलो हाइड्रोजन प्लाज्मा बनाइनेछ । यो परीक्षणमा शोधकर्ताहरु सूर्यमा हुनेजस्तै प्रक्रियाको माध्यमबाट आकाशीय स्थितिमा रहेर शोध गर्नेछन् ता की त्यसको प्रयोग पृथ्वीमा उर्जा पैदा गर्नका लागि समेत गर्न सकियोस् । परीक्षण सफल भयो भने विद्युत गृहमा परमाणु विच्छेदनबाट विजुली उत्पादन गरिनेछ ।
भेन्डेलस्टाइन सेभेन एक्स परीक्षण संयन्त्र विश्वको सबैभन्दा ठूलो परमाणु फ्युजन परीक्षण संयन्त्रमध्ये एक हो । संस्थानका प्रमुख क्लिंगरका अनुसार हिलियम प्लाज्मा बनाउन मुख्य परीक्षणको पूर्वाभ्यास हो । यसका लागि भ्याकुम च्याम्बरमा माइक्रोवेभबाट हिलियमलाई तताइन्छ । यसबाट ग्यासको आयोनिकरण हुन्छ र त्यसले प्लाज्माको रुप लिन्छ । त्यसबाट प्रचूर उर्जा निकाल्न सकिने वैज्ञानिकको दाबी छ । सन् २०१७ मा यो संस्थालेे प्लाज्मा बनाउनका लागि डाएरटेरियमको प्रयाग सुरु गर्ने बताएको छ ।


from SHYANE http://ift.tt/22DvcFE
via समाचार

0 Reviews:

Post Your Review